भूमिका

मानिस सामाजिक प्राणी भएको नाताले आफ्नो समाज र समुदायदेखि अलग रहन सक्तैन । सदियौंदेखि हाम्रा पुर्खाहरुले आफ्नो समाजमा कसैलाई दुःख, आपत-विपत- मृत्यु-शोकजस्ता विषम परिस्थिति परेको घडीमा सामाजिक रूपमा सबै मिलेर त्यसको सामना गर्दै हाम्रो समाजलाई आज यहाँसम्म ल्याएको कुरा हामी सबैलाई सर्वविदित नै छ । अहिले हामी संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग महानगरीमा पुनर्स्थापित नेपालीभाषी भूटानी समुदाय एक छुट्टै परिवेशमा आर्थिक, शैक्षिक र सामाजिक रूपमा अल्पसंख्यक समुदायको रूपमा बाँचिरहेका छौं ।

To Read in English Click Here

त्यसै पनि दैनिक रूपमा सामान्य जीवनयापन गर्न आर्थिक रूपमा संघर्ष गर्नु परिरहेको अवस्थामा कसैको घर-परिवारमा मृत्यु-शोक परेको खण्डमा त्यस परिवारलाई यस्तो शोकको घडीमा सामाजिक तथा आर्थिक तहमा यथासक्य सहयोग पुऱ्याउनु हाम्रो सामाजिक दायित्व हो । यसै पवित्र सामाजिक सहयोगको भावनाले ओतप्रोत भई यस फ्यूनरल फण्डको (दाहसंस्कार कोष) खाँचो महसूस गरी यो कोष २०१४ को सुरुवात देखि BCAP ले संचालन गर्दै आएको छ |

यस कोषबाट तपाइले के पाउनु हुन्छ ?

  • मानवताको नाताले संकटको घडीमा समाजकै सदस्यलाई सहयोग गर्ने अवसर
  • आफ्नु परिवारमा भबितब्य परे ठूलो  संकटबाट मुक्ति
  • आफूबाट भएको सानो सहयोगले कसैको कल्याण

 

यस कोषका नियमावली के कस्ता छन् ?

  1. पेन्सिलभेनिया राज्यको Greater Pittsburgh मा बसोबास गर्ने प्रत्येक घर वा अपार्टमेण्टमा बस्ने भुटानी परिवारहरु यस कोषका स्वेच्छिक दाताका रूपमा सदस्य हुनेछन् । जात, धर्म, लिङ्ग, बर्णका कारण कसैलाई छुट्याइने छैन |

2. यस कोषको सदस्यता बार्षिकरुपमा नविकरण गरिने छ | नबिकरण एवम नयाँ सदस्यता प्रत्येक वर्षको January १ देखि March ३१ भरिमा गरिनुपर्ने छ र अन्य राज्य वा सहरबाट सरुवा भइ आएको परिवारको हकमा भने सरेको दुई महिना सम्ममा सदस्यता लिनसकिने व्यवस्था छ | यस कोषको अवधि नबिकरण गर्नेका लागी अप्रिल (April) १ देखि अर्को मार्च (March) ३१ सम्म हुनेछ, नयाँ सदस्यहरुको हकमा भने सदस्यता स्वीकृत भएको मितिबाट पहिलो बर्षको सेवा खुला हुनेछ |

सदस्यता स्वीकृत : सदश्यले  सदस्यता दर्ता गरिसोको रशिद लिएपछि  स्वीकृत भनि बुझ्ननु  पर्दछ । यध्यपी, सो  बुझाएको check चेक बैंकमा भुक्तानी भई लेखामा देखा पर्न कम्तिमा ४८ घण्ट सम्म लाग्न सक्छ । यदि चेक बन्द गरीसकेको बैंक खाता वा बैंकमा रकम नै नभएको खाताबाट करणबस पर्न गए,  सो सदस्यले चेक बदर बापत लाग्ने शुल्क समेत गाबेर पुन: शुल्क तिर्नु पर्ने छ । तब मात्र सो सदस्यता स्वीकृत हुने छ । यस प्रकारको समस्या नपरोस भन्न BCAP समस्तमा आफ्नो आधिकारिक चेक मार्फत वा मनिअडर (Money Order) शुल्क बुझाउन हुन् आग्रह गर्दछ ।

नबिकरण गर्नेका लागी मात्र $51 हुनेछ भने नयाँ दर्ताका लागी पहिलोपटक $51 + $5= $56 लाग्ने छ | यो $5 कागजात तयारी र लेखा व्यवस्थापनमा खर्च हुने छ | नयाँ सदस्यहरुका लागि पहिलो बर्ष मात्र यो नियम लागू हुने छ |

 

3-   यस कोषको BCAP अन्तर्गत छुटै बैंक लेखा खाता हुनेछ र यस कोषको हेरक लेखा -जोखा पारदर्सी राखिने छ | यस कोष सम्बन्धि कुनै जानकारी लिनु पर्ने भएमा जुनै बेला पनि कोषका प्रमूख नियन्त्रक मार्फत कार्यालय समयमा लिन सकिनेछ |

 

4-  यस कोषको रकमकोष सञ्चालन नियमावलीमा उल्लिखित उद्देश्यबाहेक अरु व्यापारिकलगायत कुनै पनि गतिविधिमा प्रयोग हुने छैन ।

 

5-  यस कोषको अन्तिम लक्ष्य भनेको पिट्सबर्गबासी भूटानी समुदायमा दाहसंस्कार र बचत रहेको खण्डमा समाजकै सिफारिसमा आफ्नै फ्यूनरल होम निर्माण गर्ने हुनेछ ।

6-  यस कोषका सदस्यका परिवारमा कसैको मृत्यु भई यस पिट्सबर्ग महानगरमै शवदाह संस्कार गर्नुपरेको खण्डमा त्यसमा लाग्ने खर्च सहयोगस्वरूप डलर 1500.00 कोषबाट उपलब्ध गराइने छ ।

  • एक सदस्यता एक लिज (Lease) भित्रका  सदस्यहरु भनी बुझ्नु पर्ने | एउटा Lease भित्रको सदस्य सदस्यता भएको परिवारबाट कारणबस छुट्टिएर अर्को परीवारमा गएको खण्डमा सो परीवार सदस्यता सूचिमा छैन र उसको मृत्यु भएमा कोषबाट सहयोग हुने छैन |
  • सदस्यता परिवारको कुनै पनि सदस्य अन्य सहर वा राज्यमा गएको अवस्थामा नीजको मृत्यु भएमा र दाहसंस्कार उतै गरेको खण्डमा परिवारलाई $ 1500.00  प्रदान गरिने छ |
  • यदी सदस्यता लिएको परिवारबाट कुनै छोरो या छोरी छुट्टिएर अर्कै ठेगानामा सरे, सरेको ठेगानामा  यस कोषको सुबिधा पाउन छुटै सदस्यता लिनु पर्ने छ |
  • यदि शव जमिनमा (Burial) गर्ने संस्कार अन्तर्गत भए $1500 भन्दा माथिको रकम निज परिवारका तर्फबाट जुटाउनु पर्ने छ |

 

7-  यसै महानगरमा बसोबास गर्ने यस कोषका सदस्यका बाबा-आमा यसै महानगरका अन्य छोरा संग बसोबास गरेको तर सो परिवारले सदस्यता नलिएको अवस्थामा बाबु वा आमाको मृत्यु भएमा मात्र सदस्यता लिने छोराको नाममा $750 दिइने छ |

 

8-  यदि यस कोषका सदस्यका आफ्नै बाबा-आमाको मृत्यु अन्य कुनै राज्य वा देशमा जहाँ भए पनि र उहाँहरु छोरा वा छोरी जतिजना भए पनि र जहाँ गएर काज-क्रिया गरे पनि यस कोषका एकजना सदस्यलाई कोषबाट डलर 500.00 उपलब्ध गराइने छ । साथै यस कोषको सदस्यको अन्य राज्यमा आफन्तको मृत्यु भए र निजलेनै काज-क्रिया गर्नु पर्ने भएको खण्डमा निजलाई $500.00 सहयोग यसै कोषबाट प्रदान गरिने छ |यदि एउटै परीवारको सदस्य नभएको खण्डमा र यस कोषको सदश्यले संस्कार अनुसार काज क्रिया गर्नु परेमा कम्तिमा तीन जनाले प्रमाणित गरेको हुनु पर्ने छ ।

9-  यदि केही गरी दुर्भाग्यवश कुनै निश्चित वर्षमा धेरैजनाको मृत्यु भएर सो वर्षका लागि उठाइएको कोषको रकम सकिएमा र अरु वा अर्को घटना भएमा नपुगेको रकम सदस्यहरुलाई जानकारी गराई उठाउन सकिने भन्ने व्यवस्था गरिएको छ |

10-  यदि कुनै तोकिएको वर्षका निम्ति कोषमा संकलित रकम बँचेको अवस्थामा सो रकम अर्को वर्षमा स्वतः अर्को वर्षको लागि विनियोजन गरिने रकममा गएर जम्मा हुनेछ । र, यसरी नै जम्मा हुँदै गएको सो रकम  अन्त्यमा गएर हाम्रो आफ्नै भूटानी समुदायको फ्यूनरल होम निर्माणार्थ खर्च गरिनेछ ।

11-  यदि यस कोषका कुनै सदस्य बसैं सरेर अन्य कुनै सिटीमा जानपरेमा उहाँलाई आफूले तिरेको रकमबाट जति घटनाहरुमा खर्च भएको रकम घटाई जति हिसाब बाँकी रहन्छ, सो रकम उपलब्ध गराइनेछ । यदि कसैले स्वेच्छाले सो रकम कोषमा अनुदान दिन चाहनुहुन्छ भने सोही बमोजिम गरिनेछ र यदि म सरेको राज्य वा सहरबाट बार्षिक सदस्यता कायम राख्छु भनेको खण्डमा र नियमित रहेमा सो परिवारमा घटना भएको खण्डमा नियमानुसार सुबिधा पाउने छन् ।

12-  यस कोषअन्तर्गत अर्को एउटा छुट्टै आकस्मिक कोष (इमर्जेन्सी फण्ड) रहनेछ जसमा कम्तिमा डलर 2000 अनिवार्य राखिने छ । सो कोष यदि ३०० सदस्य भन्दा माथि भएको अवस्थामा मात्र हुने छ | यस कोषको रकम निम्न अवस्थामा प्रयोग गरिने छ-

यदि कुनै पनि भूटानी जो सोझै नेपालबाट यस महानगरमा पुनर्स्थापित भएको अवस्थामा तीन महिनाअघि घटना भएमा सो परिवारलाई डलर 500 यस आकस्मिक कोषबाट उपलब्ध गराइने छ ।

यदि कुनै पनि भूटानी अमेरिकाको अन्य कुनै राज्य वा महानगरबाट सेकेण्डरी माइग्राण्टको रूपमा यस महानगरमा बसैं सरी आएको एक महिनाभित्र घटना भएमा सो परिवारलाई पनि डलर 500 यसै आकस्मिक कोषबाट उपलब्ध गराइने छ ।

13-  रकम उठाउँदा एक सहमति पत्रमा हस्ताक्षर गरी एकप्रति सदस्यलाई दिइनेछ र एकप्रति रेकर्डको लागि राखिने छ । शुल्क Check वा Money Order बाट मात्र लिइने छ | नगद मान्य हुने छैन ।

** यस कोषको मूल उदेश्य सामुहिक स-सानो सहयोगले परीआए बखत कसैलाई ठुलो सहयोग हुन् सकोस भन्ने हो । तसर्थ BCAP, यस अघि सहयोग लिई सक्नु हुने सदस्यहरुलाई अनिवार्य नविकरण गरिदिनुहुन् अनुरोध गर्दछ । जसले गर्दा, भोलि अरुलाई तपाईंलाई जस्तै समस्या पर्दा हामी सबैले सहयोग गर्न सकूँ ।

 

14-  यस कोषको शुल्क आफ्नो क्षेत्र वा ठाउँका तोकिएका आधिकारिक प्रतिनिधिलाई (संकलनकर्ता) मात्र तोकिएकै मिति र समय भित्रमा पुऱ्याउनु पर्नेछ वा सोझै BCAP को कार्यालयमा पनि बुझाउन सकिने छ ।

15-   यस कोषबाट मात्र Funeral दाहसंस्कारको नाममा $1500 प्राप्त हुने छ | काजकरिया खर्च भने यस कोषले बेहोर्ने छैन | त्यसका लागी हाम्रो नियमित पारिवारिक सहयोग मानु-चामल एबम भेटीस्वरुप सहयोग भने एक दिन दुख, मरुमराउ, संकट सबैलाई पर्छ भन्ने भावनाले यथा सक्य गर्ने भन्ने व्यवस्था भएको छ |

 

16-  मामा, फुपु, काका, आफन्त को काँही मृत्यु भएमा र परम्परा अनुसार एक दिन, तिन दिन वा दस दिन जूठो बार्नु परेमा यस कोषका कुनै बुँदा लागु हुने छैनन् |

 

17- यस कोषबाट सहयोग प्राप्त गर्न एक फारम भर्नु पर्ने छ, जुन फारम कार्यालयको रेकर्डको लागि रहने छ |

18 – माथि उल्लेख भएका बुँदामा भबिस्यमा आवस्यकता अनुसार थप-घट गर्न सकिनेछ |

यस कोषका प्रमूख नियन्त्रक श्री मन पौड्याल हुनुहुने छ भने श्रीमति लोकमाया महत भण्डारी प्रमूख संकलन कर्ता हुनुहुने छ | निम्न व्यक्तिहरु यस कोषका संकलकको रुपमा रहनुहुने छ |

श्रीमती लोक महत –     Castle Shannon               {412-819-6410}

श्री हर्क बिस्ट-               Green tree                         {412-956-3824}

श्री चित्रसिंग गुरुङ-      Mt. Oliver- Carrick          {412-430-8435}

श्री मधुशुधन फुयेल-    Prospect                             {412-298-0252}

पूर्ण सिंह तामाङ्ग        Leland Point                      {412-819-6212}

श्री बल बिस्ट              Bellevue-Sewickley         {412-761-2461}

मन पौड्याल             Chief Controller            {412-315-8899}

 

यदि कारणबस आफ्नो आसपासका प्रतिनिधिलाई भेट गरी सदस्यता दर्ता गर्न समय नभए यहाँले यो फारम भरी आफ्नु चेक(Check) वा मनीअडर(Money Order) निम्न ठेगानामा पठाउनु भए हामी दर्ता गरी यहालाई सुचित गराउने छौ |

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *